राजावादीहरुले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै
- मंसिर २०, २०७७
- 0

काठमाडौंमा आज राजसंस्था पुनस्र्थापनाको पक्षमा प्रदर्शन हुँदैछ । संघीय गणतन्त्रात्मक व्यवस्था खारेज गरी संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको माग सहित राजसंस्थाका समर्थकहरुले माइतीघर मण्डलामा प्रदर्शन गर्न लागेका हुन ।
प्रदर्शनमा सहभागी हुन काठमाडौं बाहिरवाटसमेत मानिसहरु आएका छन । संघीय गणतन्त्रात्मक व्यवस्थाले राष्ट्रिय अर्थतन्त्र र राष्ट्रिय अखण्डता कमजोर बनाएको भन्दै संघियता खारेज गर्नुपर्ने उनीहरुको माग छ । साथै उनीहरुले नेपाललाई संवैधानिक राजसंस्था सहित हिन्दु राष्ट बनाउनुपर्ने माग पनि अघि सारेका छन ।
पछिल्ला दिनहरुमा देशका विभिन्न स्थानमा राजसंस्था पुनस्र्थापनाको पक्षमा लगातार प्रदर्शन हुँदै आएका छन् । यस्ता प्रदर्शनमा विभिन्न किसिमका धार्मिक संघ, संस्था तथा संगठनहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।
यसअघि विराटनगर, पोखरा, बाँके, कैलाली, रौतहट र हेटौडा लगायतका क्षेत्रमा पनि यस्तै प्रकृतिका प्रदर्शन भएका थिए ।