चैनपुर पर्यटन विकासका लागि इन्जिनियर श्रेष्ठको संयोजकत्वमा बिज्ञ समूह गठन

news-details

संखुवासभाको चैनपुर नगरपालिकाले आफ्नो नगरपालिकाको पर्यटन प्रबर्द्धनका लागि पर्यटन विकासका सम्भावना तथा रणनीतिक योजना निमार्ण गर्न चैनपुर पर्यटन बिज्ञ समूह गठन गरेको छ । इन्जिनियर निराकार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समूह गरेको हो ।

समूहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा विभिन्न क्षेत्रमा विज्ञता हाँसिल गरेका व्यक्तिहरु रहेका छन् । विज्ञ समूहको सदस्यहरुमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी, इतिहाँसविद् डा. रमेश ढुंगेल, होटल एशोसिएशनका पूर्व अध्यक्षद्वय प्रकाश श्रेष्ठ र योगेन्द्र शाक्य, सम्पदाविद् रबिन्द्र पुरी र सदस्यसचिव इञ्जिनियर गुणराज श्रेष्ठ रहेका छन् ।

चैनपुर नगरपालिका क्षेत्रभित्र रहेका धार्मिक, साँस्कृति तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रबर्द्धन गरी चैनपुर नगरपालिकालाई एक नम्बर प्रदेशकै पर्यटकीय हवका रुपमा विकास गर्ने लक्ष्यका साथ चैनपुर पर्यटन बिज्ञ समूह गठन गरिएको चैनपुर नगरपालिकाका मेयर भरत कुमार खत्रीले जानकारी दिए ।

यस समूहले चैनपुरलार्ई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट आवश्यक समन्वय, सहकार्य र परामर्श गरी नगरपालिकालाई सहयोग गर्ने जनाइएको छ ।

चैनपुर नगरपालिकालाई पर्यटकीय हब बनाउन र नयाँ गन्तब्यकारुपमा चिनाउन विज्ञ समूहले काम थालिसकेको संयोजक निराकार श्रेष्ठले जानकारी दिए । चैनपुर चौतारीका अध्यक्ष समेत रहेका श्रेष्ठको समूहले पटक पटक स्थलगत अध्ययन भ्रमण गरी चैनपुरको विकासमा नविनता अवधारणा बनाउन नगरपालिकासँग गृहकार्य थालेको छ ।

‘चैनपुरलाई ह्वाइट सिटी बनाउने अवधारणा बनाइएको छ, चैनपुरलाई पर्यटकीय गन्तब्य नगरका रुपमा चिनाउन हामीले काम शुरु गरिसकेका छौ’ संयोजक श्रेष्ठले बताए ।

ऐतिहाँसिक तथा पर्यकीय नगरका रुपमा चिनिएको प्रदेश न. १ मा पर्ने चैनपुर संखुवासभा जिल्लाको पुरानो सदरमुकाम पनि हो । धार्मिक, साँस्कृति तथा प्राकृतिक सम्पदामा धनी रहेको चैनपुरको विकासमा यो विज्ञ समूहबाट ठूलो अपेक्षा राखिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *