विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा नवनियुक्त अर्थमन्त्री पौडेलले गरे हस्ताक्षर

news-details

नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार पदभार ग्रहण गर्दै विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन ।

शीतल निवासमा शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्न पुगेका अर्थमन्त्री पौडेलले विश्व बैंकसँग २० करोड रुपैयाँ ऋण लिने पहिलो निर्णयमा हस्ताक्षर गरेका हुन । उक्त रकम कोभिड १९ को रोगथाममा प्रयोग गरिने अर्थ मन्त्रालयले जनाएको छ ।

पदभारपछि मन्त्री पौडेलले कर्मचारीलाई निर्देशन दिएका छन । उनी दोस्रोपटक अर्थमन्त्री भएका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो कार्यकालमा पनि उनी अर्थमन्त्री थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *