पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ११७७ सहित देशभर हालसम्मकै बढी थप २१२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ८४ हजार ५७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका १००१, भक्तपुरका ६७ र ललितपुरका १०९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज २०४४ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ६२ हजार ७४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२८ पुगेको पनि मन्त्रालयले जनाएको छ ।















