लामोसमयदेखि अन्यौलमा रहेको प्रदेश ५ को राजधानी दाङको भालुवाङमा बनाउन प्रदेश ५ मन्त्रीपरिषदले निर्णय गरेको छ ।

शुक्रबार बसेको प्रदेश ५ मन्त्रीपरिषद बैठकले त्यस्तो निर्णय गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले पुष्टि गरे ।

अब सो सम्वन्धि प्रस्ताव छिट्टै प्रदेश सभामा दर्ता हुने मन्त्री बरालको भनाई छ ।