काठमाडौ उपत्यकाका ६७६ सहित देशभर थप १४५९ मा कोरोना संक्रमण पुष्टि (जिल्लागत विवरणसहित)

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ६७६ सहित देशभर थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ५६ हजार ७८८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ५५५, भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १०६२ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ४० हजार ६३८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *