उपत्यकामै कोरोना संक्रमितको संख्या अत्याधिक, काठमाडौंमा मात्रै १० हजार बढी संक्रमित

news-details

काठमाडौं उपत्यकामा मात्र हालसम्म कोभिड १९ सङ्क्रमितको सङख्या १२ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले काठमाडौ उपत्यकामा हालसम्म १२ हजार २४८ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उपत्यकाको पनि देशभरमै सवैभन्दा बढी संक्रमित काठमाण्डौ जिल्लामा रहेका छन् । काठमाण्डौमा देशभरका सम्पूर्ण संक्रमितको करिव १८ प्रतिशत अर्थात १० हजार बढी रहेका छन् ।

यसैगरी ललितपुरमा हालसम्म संक्रमितको संख्या करिव १२ सय र भक्तपुरमा एकहजार माथि पुगेको छ ।

हिजोमात्र उपत्यकामा ५१२ जना सङ्क्रमित फेला परेका छन । काठमाडौमा ४८०, भक्तपुरमा ४३ र ललितपुरमा २९ जना सङक्रमित फेला परेका छन । देशका १८ जिल्लामा एक हजार भन्दा बढी सङ्क्रमित रहेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *