पछिल्लो समय काठमाडौ उपत्यकामा कोरोना संक्रमित थपिने क्रम र संक्रमणका कारण मृत्यु हुनेको संख्या निरन्तर बढदो छ ।
पछिल्लो २४ घण्टामा मात्र उपत्यकाको काठमाडौका ४४०, भक्तपुरका ४३ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौका १ महिला र ५ पुरुष, भक्तपुरका १ पुरुष र ललितपुरका १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।
मृतकहरुमा काठमाडौकी ६१ वर्षिया महिला तथा ७७ वर्षिय, ६२ वर्षिय, ७३ वर्षिय, ८५ वर्षिय र ७० वर्षिय पुरुष रहेका छन भने भक्तपुरका ७३ वर्षिय पुरुष र ललितपुरका ५५ वर्षिय पुरुष रहेका छन ।








