पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५१२ सहित देशभर थप ११७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ५५ हजार ३२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज ८७९ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ३९ हजार ५७६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १५ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३६० पुगेको पनि मन्त्रालयले जनाएको छ ।















