सिन्धुपाल्चोक पहिरो अपडेट : ८ जनाको शव प्राप्त, २३ जना सम्पर्कविहिन

news-details

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ को भिरखर्कको नागपुजेमा पहिरो जाँदा १३ घर पुरिएको छ । पहिरोमा पुरिएर हराइरहेका मध्ये ८ जनाको पहिरोले पुरिएर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

अविरल बर्षापछि आज बिहान गएको पहिरोले घरहरु पुरिंदा २४ जना सम्पर्कविहिन भएका छन् । घटनास्थल बाह्रबिसेदेखि १७ किलोमिटर उत्तरतर्फ पर्दछ ।

रातभर पानी परिरहेकोले घटनास्थलसम्म पुग्ने बाटोका अन्य स्थानमा समेत साना पहिरो फरेको र बाटो बिगारेकोले घटनास्थलसम्म पुग्न कठिनाइ भएको स्थानीयले बताएका छन् ।

पहिरो गएको स्थानमा उद्धारका लागि प्रहरीसहितको उद्धार टोली घटनास्थलतर्फ पुगिसकेको छ भने पहिरोमा परेर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्था र काठमाडौंमा लगिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *