काठमाडौ उपत्यकामा ४३१ सहित देशभर थप १२०१ मा कोरोना संक्रमण भेटियो, एकैदिन ८५२ डिस्चार्ज

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ४३१ सहित देशभर थप १२०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ३७७, भक्तपुरका १७ र ललितपुरका ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ८५२ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ३७ हजार ५२४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *