काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी ६९६ सहित देशभर थप १४५४ मा कोरोना संक्रमण भेटियो, एकैदिन ९७२ डिस्चार्ज

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६९६ सहित देशभर थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका ६२०, भक्तपुरका ३८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज ९७२ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ३६ हजार ६७२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *