नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा सामान्य समस्या आएपछिसोमबार हयाम्स अस्पतालमा कोरोना परिक्षण गर्दा रिपोर्ट संकास्पद आएपछि मंगलबार पुन टेकुको राष्ट्रिय प्रयोगशालामा स्वाब दिएका कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमण भए पनि सामान्य ज्वरो बाहेक कोइरालामा कुनै लक्षण नदेखिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिएका छन ।








