नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आउदो २६ गते शुक्रबार बस्ने भएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच स्थायी कमिटी बैठक बोलाउने विषयमा सहमति भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईले जानकारी दिएका छन ।

कार्यदलले गत ६ गते प्रतिवेदन बुझाए पछि त्यसमा छलफल हुन बाँकी छ । सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरुले गरेका छन । स्थायी कमिटी बैठकमा छलफल भएपछि त्यसमा परिमार्जनसहित पारित हुनसक्ने नेताहरुको भनाई छ ।

अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार दुई अध्यक्षबीचको बैठक विहान ११ बजेसम्म चलेको थियो । भृटवार्तामा कार्यदलले बुझाएको प्रतिवेदनका विषयमा पनि अध्यक्षद्धयबीच छलफल भएको थापाले बताए ।