पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ३५४ सहित देशभर थप ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४६ हजार २५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका २९०, भक्तपुरका ३२ र ललितपुरका ३२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १८१४ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २८ हजार ९४१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौका ३ पुरुष, मोरङका १ पुरुष र १ महिला, पर्साका १ पुरुष, झापाका १ पुरुष, धनुषाका १ पुरुष र चितवनका १ पुरुष गरी ९ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २८९ पुगेको छ ।