पुर्वी नेपालबाट शुरु भएको हुनेले दिने र नहुनेले लैजाने ‘फुड बैंक’ अभियान काठमाडौमा पनि संचालनमा आएको छ ।

नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक गुणराज प्याकुरेलको संयोजकत्वमा काठमाडौ महानगरपालिका–९ सिनामंगलमा सुरु भएको यस अभियान आज चौथो दिनमा चलिरहेको छ । उनलाई यस अभियानमा कामनपा ९ र ३१ का युवाहरुले साथ दिएका छन ।

कोभिड १९ का कारण महिनौदेखि देश लकडाउनमा रहेका कारण दैनिक ज्यालादारी तथा मजदुरी गरेर छाक टार्ने परिवारहरु भोकै रहने अवस्थालाई मध्यनजर गरी ‘फुड बैंक’ अभियान संचालन गरेको प्याकुरेलले जानकारी दिएका छन ।

‘फुड बैंक’मार्फत दैनिक ज्यालादारी तथा मजदुरी गर्ने परिवारलाई चामल, दाल, नुन, सोयाबिनको पाकेट हरेक दिन बाढिने गरेको यस अभियानका संयोजक प्याकुरेलले बताए । ‘यस अभियान अन्तर्गत सहयोग गर्न इच्छुकहरुले अभियानमार्फत खाद्य सामाग्री सहयोग गर्न सक्ने र खाद्यान्न अभाव भएकाहरुले आएर लैजान सक्ने छन’ प्याकुरेलले भने ।

काठमाडौमा पनि ‘फुड बैंक’ संचालनमा : हुनेले दिन सक्ने, नहुनेले लैजान सक्ने

यसअघि प्याकुरेलसहितको युवाहरुको समूहले चैत्र ११ गतेबाट सुरु भएको लकडाउनलाई लक्षित गरी चैत्र १६ गतेबाट ५१ दिनसम्म दैनिक रुपमा विहान बेलुका विरयानी वितरण कार्यक्रम गरेको थियो । जस अन्तर्गत १८००० प्याकेट विरयानी वितरण गरिएको प्याकुरेलले बताए ।

साथै यी युवाहरुको समूहले बिभिन्न चेतनामूलक कार्यक्रमसहित माक्स र पञ्जा वितरणका साथै टोल टोलमा निर्मलिकरण कार्यक्रमसमेत सम्पन्न गरेको थियो ।