पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ३८८ सहित देशभर थप ११२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४१ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ३५०, भक्तपुरका ९ र ललितपुरका २९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १ हजार ११२ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २३ हजार २९० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौका २ पुरुष र १ महिला, ललितपुरकी १ महिला, कपिलबस्तुकी १ महिला, चितवनकी २ महिला र १ पुरुष, तनहुकी १ महिला, भक्तपुरका १ पुरुष, धादिङका १ पुरुष र बाराका १ पुरुष गरी १२ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २५१ पुगेको छ ।








