त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणबाट दुुई जनाको मृत्यु भएको छ ।
काठमाडौंका ७० वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सगुन थपलियाले जानकारी दिएका छन ।
काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएकोमा उनी सुगर र प्रेसरको बिरामी रहेको तथा तनहुकी महिला भने ‘एसएलईस’ बाथ रोग र मृगौला पीडित रहेकी अस्पतालले जनाएको छ । मृतक महिलामा भने हिजो मात्रै कोरोना पुष्टि भएको थियो ।
मृतक दुबैको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।








