वीरगञ्जस्थित अस्थायी कोभिड अस्पतालमा उपचाररत बाराको सिम्रौनगढ नगरपालिकाका ९७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको अस्पतालले जानकारी दिएको ।
गण्डक अस्पतालमा उपचारका क्रममा ती वृद्धको बुधबार बिहान १ बजे मृत्यु भएको नारायणी अस्पतालका वरिष्ठ फिजिसियन डा निरजकुमार सिंहले जानकारी दिएका छन ।
भदौ १२ गते शुक्रबार वीरगञ्जस्थ्ति तराई अस्पतालमा उपचार गराउन आएका ती वृद्धाको त्यही अस्पतालमा स्वाब संकलन गरी परिक्षण गराउँदा संक्रमण पुष्टि भएपछि भदौ १४ गते कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको डा सिंहले बताए ।
मुटु रोगी समेत रहेका ती वृद्धमा निमोनिया र कोरोना समेत भएपछि उनलाई चिकित्सकको प्रयासले बचाउन नसकिएको डा सिंहको भनाइ छ । मृतक पुरुषको स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न भने बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ।








