काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्वन्धि निर्णय भने आज गृह मन्त्रालयमा बस्ने बैठकले गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन ।
गत भदौ ३ गतेबाट लागू गरिएको निषेधाज्ञाको समय थप गरी आज राति १२ बजेसम्म तय गरिएकोमा यसलाई अझ लम्ब्याउने तयारी भएको हो ।
मंगलबार बसेको उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसहित उपत्यकाका जनप्रतिनिधि, उद्योगी र प्रशासनका अधिकारीहरुको भर्चुअल बैठकमा यस विषयमा बृहत छलफल भएको र आज यस सम्वन्धि निर्णय हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालले बताए ।
उक्त बैठकमा उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका तर स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् ।








