पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४८१ सहित देशभर थप १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४० हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ३९३, भक्तपुरका ३० र ललितपुरका ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ७६८ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २२ हजार १७८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा महोत्तरीकी ४ वर्षिया बालीकासहित १ पुरुष, काठमाडौका २ पुरुष, चितवनका १ पुरुष, वाराका १ पुरुष, पर्साका ३ पुरुष, सिरहाका १ पुरुष र मकवानपुरका १ पुरुष गरी ११ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २३९ पुगेको छ ।








