काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
शाक्य दम्पत्तिले दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब दिएकोमा सोमबार उनमा कोरोना संक्रमण पुष्टि भएको शाक्यको सचिवालयले जानकारी दिएको छ । तर शाक्य पत्निको भने रिपोर्ट नेगेटिभ आएको छ ।
मेयर शाक्यलाई कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको र उनी होम आइसोलेसनमा बसेको उनको सचिवालयले जानकारी दिएको छ ।








