पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका २९८ सहित देशभर थप ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १९०, भक्तपुरका ४१ र ललितपुरका ६७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २१ हजार ४१० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा महोत्तरीकी ४ वर्षिया बालीकासहित गोरखाकी १ महिला, रुपन्देहीकी १ महिला, झापाका १ पुरुष, रौतहटका १ पुरुष, चितवनका १ पुरुष र भक्तपुरका १ पुरुष गरी ७ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २२८ पुगेको छ ।