पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४१५ सहित देशभर थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३६ हजार ४५६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका हुन । उपत्यकाको काठमाडौका ३५०, भक्तपुरका ५४ र ललितपुरका ११ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १६९ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि २० हजार २४२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मोरङकी २ महिला, भक्तपुरकी १ महिला, मकवानपुरकी १ महिला, झापाका १ पुरुष, सिरहाका १ पुरुष, उदयपुरका १ पुरुष, पर्साका १ पुरुष, धनुषाका १ पुरुष, चितवनका १ पुरुष, कास्कीका १ पुरुष र रुपन्देहीका १ पुरुष गरी १२ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १९५ पुगेको छ ।








