पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ३७७ सहित देशभर थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३५ हजार ५२९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
काठमाडौ उपत्यकामा अहिलेसम्मकै बढी संक्रमित भेटिएका हुन । उपत्यकाको काठमाडौका २७०, भक्तपुरका ४१ र ललितपुरका ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज ५६९ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि २० हजार ७३ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा लललितपुरकी १ महिला, वाराकी १ महिला, कास्कीकी १ महिला, रुपन्देहीकी १ महिलला, बाकेकी १ महिला, काठमाडौका १ पुरुष, पर्साका १ पुरुष र कपिलबस्तुका १ पुरुष गरी ८ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १८३ पुगेको छ ।
https://cms.rojgarmanch.com/news/2020/08/15635/








