काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । उपत्यकाका तिनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप १ साता लम्ब्याउने निर्णय गरेको हो । यसअघि भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा बुधबार बेलुका सकिँदै थियो ।
उपत्यकामा कोरोना संक्रमण थप भयाभह हुदै जान थालेको र एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’ भएको निश्कर्ष निकाल्दै काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेको जानकारी दिएका छन ।
यसअघि गत सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै १५ भदौसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गर्दै निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गरेको थियो ।
https://cms.rojgarmanch.com/news/2020/08/15581/








