पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका २२४ सहित देशभर थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाका काठमाडौका १७७, भक्तपुरका १४ र ललितपुरका ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १७५ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १८ हजार ८०६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा रुपन्देहीका ३ पुरुष र १ महिला, सुनसरीका १ पुरुष, मोरङका १ पुरुष, पर्साका १ महिला र काठमाडौकी १ महिला गरी ८ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १५७ पुगेको छ ।








