काठमाडौं उपत्यकाका तिन जिल्लामा खाद्यान्न, तरकारी तथा फलफुल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

विहान चाँडै पसल बन्द भए पछि सामान किन्न पाइएन भन्ने जनगुनासो आए पछि ९स्१५ बजे सम्म खोल्न दिने निर्णय गरेको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

उपत्यकामा कोरोना संक्रमण बढेसँगै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गतेबाट उपत्यकाका तीनवटै जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । सो क्रममा अत्यावश्यकबाहेक खाद्यान्न, तरकारी तथा फलफुल पसल विहान ७ः०० बजेसम्म मात्र पसल खोल्न दिइने गरेको थियो ।