पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १६६ सहित देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाका काठमाडौका १२६, भक्तपुरका २८ र ललितपुरका १२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २८१ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १८ हजार ६३१ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा झपाका एक पुरुष, पर्साका एक महिला र सर्लाहीका एक महिला गरी ३ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १४९ पुगेको छ ।