विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले ५ वर्ष भन्दा माथि उमेरका बालबालिकाहरुलाई मास्क लगाइदिन अनुरोध गरेको छ ।
डब्ल्यूएचओले ६ वर्ष देखि ११ वर्षका बालबालिकाहरूलाई अनिवार्य मास्क लगाइदिन अनुरोध गर्दै ५ वर्षभन्दा मुनिका बालबालिकालाई भने मास्क नलगाइदिन भनेको हो ।
बालबालिकाहरुलाई मास्क लगाउदा कसरी लगाउने र कसरी निकाल्ने भन्ने कुरा पनि राम्रोसँग सिकाउन संगठनले अभिभावकहरूलाई आग्रह गरेको छ ।
यसैगरी १२ वर्षमाथिका बालबालिकाहरूलाई भने वयस्कहरुकै जस्तै नियम लागु हुने संगठनले जनाएको छ । विश्व स्वास्थ्य संगठनले १२ वर्षभन्दा माथिकालाई मास्क लगाउने विषयमा नयाँ नियम जारी गर्दै उक्त कुराहरु बताएको छ ।
साथै संगठनले ६० वर्षभन्दा कम उमेरकालाई कपडाको मास्क लगाउन सुझाव दिएको छ। तर ६० वर्षभन्दा माथि र अन्य कुनै रोग भएकाहरुले भने मेडिकल मास्क लगाउनुपर्ने संगठनले जनाएको छ ।








