पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका २१६ सहित देशभर थप ६३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाका काठमाडौका १६०, भक्तपुरका ५० र ललितपुरका ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १३६ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १८ हजार ३५० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सुनसरीमा ६ वर्षिया एक बालिका र एक पुरुष, पर्सामा ३ जना पुरुष, वारा, सिरहा, मकवानपुर र भक्तपुरका १-१ जना पुरुष गरी ९ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १४६ पुगेको छ ।