पाटन अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत दोलखा निवासी ३० वर्षीया महिलाको आज विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै सर्लाहीका ४६ वर्षीय पुरुषको पनि आज विहान निधन भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डाक्टर खगेश्वर गेलालले जनाकारी दिए।








