पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका २०० सहित देशभर थप ७०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २९ हजार ६४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाका काठमाडौका १७४, भक्तपुरका ८ र लतिलपुरका १८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज २५९ जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १७ हजार ९६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौका १ महिला, मकवानपुरका एक पुरुष, सप्तरीका १ पुरुष र पर्साका १ महिला र २ पुरुष गरी ६ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि १२६ पुगेको छ ।








