पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १५९ सहित देशभर ६८१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाका काठमाडौका १३४, भक्तपुरका ८ र ललितपुरका १७ जनामा संक्रमण पभेटिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै आज १२० डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या पनि १७ हजार ७०० पुगेको छ ।