काठमाडौं उपत्यकाका तीनै जिल्लामा बुधबारदेखि मध्यरातदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको भन्दै भदौ ३ गते राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको बताइएको छ ।
निषेधाज्ञामा अत्यावश्यकबाहेक सबै सेवा बन्द हुने बताइएको छ । जसअनुसार उपत्यकामा चल्दै आएका सार्वजनिक यातायातका साधन पनि बन्द हुनेछन् । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन । सर्वसाधारणको आवतजावतलाई पनि निषेध गरिनेछ ।










