राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को आन्तरिक मूल्यांकनको नतिजा सोमबार सार्वजनिक गरेको छ । आज बसेको बोर्ड बैठकले लकडाउनमा रोकिएको एसइई परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरका अध्यक्ष प्रा।डा। चन्द्रमणि पौडेलले भर्खरै बसेको बोर्ड बैठकले नतिजा प्रकाशित गर्ने निर्णय गरेपछि नतिजा सार्वजनिक गरेको जानकारी दिए ।

विद्यालय आफैँले मूल्यांकन गरेर पठाएको विद्यार्थीको नतिजालाई रुजु गरेर बोर्डले सार्वजनिक गरेको हो । परीक्षामा सहभागी हुन ४ लाख ८२ हजार ९ सय ८६ जनाले फाराम भरेका थिए । जसमा ४ लाख ७२ हजार ७८ जनाको नतिजा मात्रै प्रमाणीकरण गरिएको छ ।

सरकारले कोरोना महामारीका कारण यस वर्षको एसइई परीक्षा नगराइ आन्तरिक मूल्यांकनबाट गराउने निर्णय गरेको थियो । परीक्षाफल प्रकाशित भए पनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन ।

यस्तै यो पटक त्रुटी सच्याउन विद्यार्थीलाई परीक्षा नियन्त्रण कार्यालय आउनुपर्ने व्यवस्था हटाइएको छ । विद्यार्थीले ३५ दिनभित्र फारम भरेर इकाइमा बुझाएपछि त्यहीँबाट त्रुटी सच्याएर विद्यालयमा पुयाउने व्यवस्था मिलाइएको छ । नतिजाको विस्तृत विवरण राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा राखिने बोर्डले जानकारी दिएको छ ।

एसइईको नतिजा निम्न माध्यमबाट पनि हेर्न सकिने छ

एसइईको नतिजा सार्वजनिक, ४ लाख ७२ हजार ७८ जना विद्यार्थीको प्राप्ताङ्क प्रमाणित