काठमाडौ उपत्यकाका १६८ सहित देशभर थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २७ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज एकैदिन उपत्यकाको काठमाडौका १३९, भक्तपुरका १४ र ललितपुरका १५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

यस्तै आज १६० जना डिस्चार्ज भएसँगै निको भएर फर्कनेको कुल संख्या १७ हजार ४९५ पुगेको छ । योसँगै निको हुने दर ६४.२ प्रतिशत पुगेको छ ।

यस्तै रौतहटका १ पुरुष, मोरङका १ पुरुष र काठमाडौमा १ महिलाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाका कारण निधन हुनेको कुल संख्या पनि १०७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।