सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
शनिबार बिहान थप दुई वटा शव निकालिएसँगै मृतकको संख्ष १३ पुगेको हो । थप शवको सनाखत हुन भने बाँकी छ ।
यसअघि ११ वटा शव निकालेर प्रहरीले सनाखत गरिसकेको छ । ३८ जना बेपत्ता भएको सो पहिरोमा परी अझै २५ जना हराइरहेका छन् ।








