बिदुर आचार्य । सिन्धुपाल्चोकको जुगल गाँउपालिका–२ लिदीमा पहिरामा पुरिएका ११ जनाको शव फेला परेको छ । सो कुराको जानकारी जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधवप्रसाद काफ्लेले दिनुभयो । नेपाली सेना, नेपाल प्रहरी र स्थानियले निरन्तर खोजी कार्य जारी राखेका छन् ।

‘पुरिएको अवस्थामा ११ वटा शव भेटिएको छ । अन्यको खोजीकार्य जारी छ ।’ जुगल गाँउपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिनुभयो । पहिरोले लिदी गाँउका ३७ घरमा क्षति पु¥याएको छ ।

पहिरोमा परि घाईते भएका एक जना काठमाण्डौमा उपचार गराईरहेका छन् भने चार जनाको सदरमुकाम चौतारामा उपचार भैरहेको छ । पहिरोमा परि नौ जना घाईते भएका छन् ।

पहिरोमा वेपत्ताहुनेहरुमा छविलाल दोङ, सोमरानी, धनलक्ष्मी, शिरमाया, विवरानी, साहिँली दोङ, बिबी लक्ष्मी, सानुकान्छा, साङलामो, सोनाम दोङ रहेका छन् ।

त्यस्तै हीरा भक्ति, जीते झाँक्री, दिन्दुस, सुरज, करेसमाई, च्यामा, सानु, टीकामाई, छिरिङ, मानबहादुर, जयबहादुर, प्रिया दोङ, प्रीति, कान्छी, सानुकान्छी, वाङ्ची लामा दोङ हराईरहेका छन् ।

गर्भवती समेत रहेकी सानुकान्छी, दोङ पनि पहिरोमा वेपत्ता छिन् । धनमाया तामाङ दोङ, रेनिस, मेकमाई, मिलन, विमला, माइला पराङ, प्रकाश, साइली, आयुश दोङ, सुवास तामाङ र टीकामाई दोङ हराईरहेका छन् ।