पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ११९ सहित देशभर ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २५ हजार ५५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाका काठमाडौका ८३, भक्तपुरका ६ र ललितपुरका ३० जनामा संक्रमण भेटिएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । काठमाडौ उपत्यकामा संक्रमित धेरै बढन थालेपछि वेड अभाव भएको र नीजि अस्पतालहरुलाई कम्तीमा २० प्रतिशत वेड खाली राख्न आब्हान गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै आज २४० जना डिस्चार्ज भएसँगै निको भएर घर फर्कनेको कुल संख्या १७ हजार ७७ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा मोरङका १, सिरहाका १ र वाराका २ गरी ४ जनाको मृत्यु भएको र कोरोनाका कारण निधन हुनेको कुल संख्या ९९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।








