सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका-२ स्थित लिदीगाउँमा शुक्रबार बिहान गएको पहिरोमा ३८ जना पुरिएर बेपत्ता भएका छन् ।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोमा परेर पुरिएका कसैको पनि शव अहिलेसम्म निकालिएको छैन ।

यस्तै पहिरोमा परेर गम्भीर घाइते भएका ५ जनालाई उपचारका लागि चौतारा लगिएको छ ।

घटनास्थल निरीक्षण गर्न सभामुख तथा उक्त क्षेत्रका प्रतिनिधीसभा सदस्य समेत रहेका अग्निप्रसाद सापकोटा हेलिकप्टरमार्फत घटनास्थल पुगिसकेका छन भने नेपाली सेनाको टोली पनि उद्धारका लागि हेलिकप्टरसहित परिचालन हुदै गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

https://cms.rojgarmanch.com/news/2020/08/15258/