कोशी अस्पताल विराटनगरमा एक ३० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ । मृत्युपछि गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको हो ।
विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए ।
ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनको भनाइ छ । दिउँसो संकलन गरिएको स्वाबको रिपोर्ट बेलुका नेगेटिभ आएपनि रिपोर्ट शंकास्पद लागेपछि पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको उनले बताए ।
कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो ।








