पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १२७ सहित देशभर ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १११, भक्तपुरका ५ र ललितपुरका ११ जनामा संक्रमण भेटिएको मन्त्रालयद्धारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

आज थप १०९ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या पनि १६ हजार ८३७ पुगेको छ । यो सँगै निको हुनेको दर ६७.५ प्रतिशत पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा महोत्तरीका १ पुरुषको रामजानकी अस्पतालमा निधन भएको, धनुषाका १ बृद्धाको विपि कोइराला अस्पताल धरानमा, अछामका १ पुरुषको पाटन अस्पतालमा र मोरङका एक पुरुषको कोसी अस्पताल विराटनगरमा निधन भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।