आजदेखि देशभर सवारी साधनको पास वितरण रोकिएको छ । गृह मन्त्रालयले बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अनिश्चितकालका लागि पास वितरण रोक्न निर्देशन दिएको हो ।

कोभिड-१९ को उच्च जोखिमलाई मध्यनजर गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी पास वितरण बन्द गरिएको गृहले जनाएको छ।

विभिन्न बहानामा एक जिल्लाबाट अर्को जिल्लामा जाने गरेकाले त्यस्तो प्रवृत्तिलाई रोक्न पास वितरण बन्द गरिएको गृहमन्त्रालयले जनाएको छ ।

आजदेखि देशभर सवारी साधनको पास वितरण बन्द