पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिए

news-details

सोमबारदेखि परिवार र कार्यालयबाट सम्पर्कविहिन रहेका पत्रकार बलराम बानियाँ मृत अवस्थामा भेटिएका छन ।

मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा उनको शव भेटिएको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाले जानकारी दिएका छन ।

बानियाँ दुई दिनदेखि घर नफर्किएको भन्दै परिवारले महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध अनुसन्धान महाशाखा बानेश्वरमा उजुरी दिएपछि प्रहरीले बानियाँको मोबाइल फोनको प्राविधिक विश्लेषणको आधारमा खोजी थालेको थियो ।

उनको मोबाइल सोमबार दिउँसो १ बजे बल्खु खोला छेऊबाट स्वीच अफ भएको थियो ।अनुसन्धान अधिकृतका अनुसार सोमबार दिउँसो ३ः२३ मा बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए । बाटो छेऊबाट हिलैहिलो उनी हिँडेको देखेपछि स्थानीयले त्यता नजान भनेका थिए ।

पत्रकार बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *