पछिल्लो चौबिस घण्टामा थप ७ कोरोना संक्रमितको मृत्यु

news-details

पछिल्लो २४ घण्टामा धरानमा १, बुटवलमा २, ललितपुरमा ३ र सप्तरीका १ जना गरी ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षिया पुरुषको मृत्यु भएको हो । श्वाश्सप्रश्वासमा समस्या र ज्वरो देखिएका उनलाई गम्भिर अवस्थामा २६ साउनमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएकोमा थियो ।

कोशी अस्पतालले रेफर गरेपछि उपचारकै क्रममा बुधबार बिहान १ः२० मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार मृतकमा कोरोनाको मात्र लक्षण थियो ।

यस्तै बुटवलको कोरोना विषेश अस्थायी अस्पतालमा दुई जनाको मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको गएराति मृत्यु भएको हो ।

गुप्ता साउन २५ गते र तेली साउन २७ गते अस्पतालमा भर्ना भएका थिए । गुप्तामा कोरोना संक्रमण पुष्टि भए पनि तेलीको स्वाब परीक्षण हुन बाँकी छ । २५ वर्षीय तेली भारतको मुम्बईबाट केही दिनअघि घर आएका थिए । उनमा ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भएकाले कोरोना अस्पतालमा भर्ना गरिएको थियो । तेलीको स्वाबको पीसीआर परीक्षण नभएको र अब गरिने डा थापाले बताए ।

यस्तै ललितपुरको पाटन अस्पतालमा उपचाररत एक जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । मृतक जनकपुरकी ३८ वर्षीया महिला हुन् । यही साउन १८ गते उनी पाटन अस्पतालमा भर्ना भएकी थिइन् । स्वास्थ्य कार्यालय ललितपुरले उनको मृत्यु बुधबार भएको पुष्टि गरेको छ ।

ललितपुरकै किस्ट मेडिकल कलेजमा मृत्यु भएकी एकजना महिलाको कोरोना परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ । काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको मंगलबार राति सवा १ बजे मृत्यु भएको किस्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । पाठकका अनुसार ती महिलाको बुधबार बिहान नै कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसअघि ललितपुरकै मेडिसिटी अस्पतालमा गएराति कोरोना भाइरस संक्रमित जनकपुरका पूर्व मेयर तथा प्रसिद्ध रामा होटलका संचालक कृष्ण गिरीको मृत्यु भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिनअगाडी अस्पताल भर्ना भएका थिए ।

यस्तै सप्तरीमा पनि थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मंगलबार राति जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ घर भई राजविराज ६ स्थित सिरहा रोड बस्दै आएका ८० वर्षीय बृद्वको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *