काठमाडौ उपत्यकामा हालसम्मकै बढी १३४ जनामा कोरोना भेटियो, देशभर थप ६३८ जनामा संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका १३४ सहित देशभर थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौमा हालसम्मकै सबैभन्दा बढी ११० जनामा संक्रमण पुष्टि भएको छ भने भक्तपुरमा ८ र ललितपुरका १६ जनामा गरी १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज थप १७१ जना डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । निको हुनेको दर कुल संक्रमितमध्ये ६९.६ प्रतिशत पुगेको छ ।

 थप ४ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप ४ जनाको मृत्यु भएको पुष्टि भएको छ । धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।

योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ८३ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *