काठमाडौं उपत्यकाका ४४ सहित थप ३३८ जनामा कोरोना संक्रमण भेटियो

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४४ सहित देशभर थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलनमा जनाएको थियो ।

यस्तै सोमबार थप १४० जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या १६ हजार ४९३ पुगेको र निको हुनेको दर ७०.७ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ । योसँगै हाल सकृय संक्रमितको संख्या ६ हजार ७३८ जना मात्र रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु पुष्टि भएसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि ७९ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *