काठमाडौं उपत्यकाका ९२ सहित देशभर थप ३८० जनामा कोराना संक्रमण, थप २ जनाको मृत्यु पुष्टि

news-details

पछिल्ल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ९० सहित देशभर थप ३८० जनामा कोराना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २२ हजार ९७२ पुगेको र सक्रिय संक्रमित ६ हजार ५४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

आज थपिएका संक्रमितमध्ये उपत्यकाको काठमाडौंका ९० जना र ललितपुरका २ जना रहेका छन् ।

यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना मुक्त भई डिस्चार्ज हुनेको संख्या ४० रहेसँगै निको हुनेको कुल संख्या पनि १६ हजार ३५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।

थप दुइ जनाको मृत्यु पुष्टि

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै कोरोनाका कारण निधन हुनेको संख्या पनि ७५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *