उपत्यकाका ६२ सहित थप ३७८ जना संक्रमित थपिए, थप ३ को मृत्यु पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६२ सहित देशभर थप ३७८ जनामा कारोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा २२ हजार ५९२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमध्ये संक्रमण सक्रिय ६ हजार २०६ जनामा छ ।

उपत्यकामा ज थपिएका संक्रमितमध्ये काठमाडौंका ५६ जना, ललितपुरका तीन जना र भक्तपुरका तीन जना रहेका स्वास्थ्य मन्त्रालयते पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना मुक्त भएर डिस्चार्ज हुनेको संख्या ४९९ रहेको छ । यस्तै हालसम्म देशभरमा १६ हजार ३१३ जना कोरोना निको भएका छन् ।

थप तीन जनाको निधन

नेपालमा थप तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको छ । योसँगै देशभरमा कुल ७३ जना कोरोना संक्रमितको निधन भएको छ ।

वीरगञ्ज ३, छप्कैया निवासी ७४ वर्षिय पुरुषको साउन २३ गते १ स्३० बजे निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको गण्डक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनमा मधुमेह तथा दमको समस्या रहेको थियो ।

यसैगरी मोरङ ,विराटनगर ९ का ५८ वर्षका एक पुरुषको पनि साउन २३ गते विहान ९ बजेर १५ मिनेट जाँदा कोरोना संक्रमणका कारण निधन भएको छ । उच्च रक्तचापका रोगी उनी न्युमोनिया र स्वासप्रश्वासमा समस्या भएकाले सप्तकोशी अस्पतालमा उपचाररत रहेका थिए । अवस्था जटिल बन्दै गएपछि ती पुरुषलाई कोशी अस्पतला रिफर गरिएको थियो ।

त्यस्तै काठमाडौं टोखा,६ बस्ने ४१ वर्षिय महिलाको पनि कोरोना संक्रमित भई निधन भएको छ । उनको साउन २३ गते ११ स् २३मा पाटन अस्पतालमा निधन भएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *